• बुधबार , कार्तिक ७, २०८१

पढ्दै कमाउँदै विद्यार्थी…

BySANU

Jul 10, 2023

गोरखा, २५ असार । शिक्षालयमा पढ्ने विद्यार्थीलाई उत्पादनसँग जोड्न गाउँपालिकाले ‘सिक, कमाउ र तिर कार्यक्रम’ लागू गरेपछि कृषि उत्पादन गरी बिक्री वितरण गरेर विद्यार्थीले आम्दानी गर्न थालेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिए । शिक्षालयमा अहिले कृषि बाली विज्ञान र पशु विज्ञान कार्यक्रमअन्तर्गत पढाइ हुँदै आएको छ । आचार्यले भने, “हाल शिक्षालयमा एक सय २४ विद्यार्थी अध्ययनरत छन्, उनीहरुले पढ्दै कमाउँदै गर्न थालेका छन् । शिक्षालयमा विद्यार्थी आफैले पनि टनेल निर्माण गरी काँक्रो, लौका, फर्सी, घिरौला, करेलालगायत तरकारी  उत्पादन गरी बिक्री गरिरहेको उनले बताए ।  कार्यक्रमअन्तर्गत नै गाउँपालिकाले भाडामा उपलब्ध गराएको करिब २३ रोपनी जमिनमध्ये १३ रोपनीमा रोपाइँ गरिएको छ । बाँकी जमिनमा छिट्टै रोपाईँ गर्ने तयारी विद्यार्थीले गरिरहेका छन् । गाउँपालिकाले शिक्षालयमा आगामी आर्थिक वर्ष २०८०/८१ मा माछापालन गर्ने, खोर निर्माण गरी बाख्रा तथा भेडापालन सुरु गर्ने, भैँसीको गोठ निर्माण गरी गाईभैंसीपालन गरी दुग्ध उद्योग सुरु गर्ने योजना बनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.