• बुधबार , कार्तिक ७, २०८१

चार लाख लिटर दूध निर्यात…

BySANU

Jul 12, 2023

गल्याङ, २७ असार । स्याङ्जाको गल्याङ नगरपालिकाभित्रबाट उत्पादित दूध आर्थिक वर्ष २०७९/८० को असार १५ गतेसम्म तीन लाख ९७ हजार चार सय दुई लिटर निर्यात भएको छ । नगरप्रमुख गुरुप्रसाद भट्टराईले ‘उत्पादनका आधारमा अनुदान कार्यक्रम’अन्तर्गत नगरपालिका–१, २, ३, ६, ७, ८, ९ र ११ का सात सय १२ जना दुध उत्पादक किसानलाई रू ५९ लाख ६१ हजार २२ अनुदान वितरण गरिएको जानकारी दिए । कृषि र पशुपालनले देशको आर्थिक अवस्था सुधार गर्नसक्ने भएकाले यसमा प्राथमिकता दिएका छौँ, नगरप्रमुख भट्टराईले भने, गल्याङमा कृषि तथा पशुपालनको सम्भावना राम्रो भएकाले दूधसँगै कृषि कार्यमा लागेका अरु किसानलाई पनि प्राथमिकता दिएर काम गरिहेका छौँ ।  विन्ध्यवासिनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ईश्वर बस्यालले नगरपालिकाले प्रतिलिटर रू १५ का दरले दिँदै आएको अनुदानले आफूहरुलाई निक्कै राहत मिलेको बताए ।  काम गर्ने किसानका लागि दिइएको अनुदान कार्यक्रम प्रभावकारी देखिएको छ, बस्यालले भने, नगरपालिकाले दिँदै आएको निःशुल्क पशु उपचार तथा प्राविधिक सहयोग पाएको छु । वडा नं ११ जिमुवास्थित कालीगण्डकी दुग्ध उत्पादक सहकारीका अध्यक्ष ज्ञानप्रसाद अधिकारीले रू १५ अनुदान कार्यक्रम राम्रो भए पनि पछिल्लो समय देखा परेको रोगका कारण गाईपालनतर्फ रुचि घट्न थालेको बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.