• बुधबार , कार्तिक ७, २०८१

आफ्नै बारीको तरकारीले बनायो आत्मनिर्भर

BySANU

Jul 17, 2023

जानकी, १ श्रावण । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ । प्रत्येक साँझ बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उहाँको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्नुहुन्छ । प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक रु. चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउनुहुन्छ । उहाँले यसपटक बर्खे तरकारी बेचेर रु. एक लाख ९५ हजार कमाई गरेको बताउनुभयो । दैनिक आम्दानी थोरै भनेको रु. तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ । तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उहाँले बताउनुभयो । शान्तिको चार छोरीसहित छ जनाको परिवार छन् । बिहान सडक सुनसान हुने र १०ः०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले पाँच–छ देखि १०ः०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताउनुभयो । 

Spread the love

Leave a Reply

Your email address will not be published.