• बुधबार , कार्तिक ७, २०८१

बङ्गुरपालन व्यवसाय सञ्चालन…

BySANU

Jul 20, 2023

रामपुर, ४ साउन । बङ्गुरपालनमा भविष्य बोकेर इन्टरनेटको सहायताबाट पाल्पा रामपुर नगरपालिका–१० स्थित होस्दीका यमबहादुर सारुको दैनिक यतिबेला बङ्गुरका पाठापाठी हुर्काउने र बिक्री गर्ने व्यवसाय चलाएकाछन् । विभिन्न पेसा, व्यावसायको खोजीमा रहनुभएका सारु फुर्सदको समय इन्टरनेटमा अध्ययन गरेर अन्ततः बङ्गुरपालन व्यवसायलाई आफ्नो आयआर्जनको माध्यमका रुपमा रोजेको उनी बताउँछन् । कक्षा ७ सम्मको अध्ययन गरेका ३६ वर्षीय सारुले कुनै पनि तालिम नलिईकन इन्टरनेटबाट हेरेर सो व्यवसाय थालनी गरेका हुन् । अहिले बजारमा बङ्गुरको माग बढ्दो र पाठापाठीबाट धेरै फाइदा गर्न सकिने भएकाले यही व्यवसाय छनौट गरेको उनी बताउँछन् । तीनवटा बङ्गुरबाट व्यवसाय सुरु गरेका सारुले विदेशको कमाईभन्दा स्वदेशकै कमाईमा रमाउँदाको मज्जा नै बेग्लै रहेको उनको भनाइ छ । श्रीमान श्रीमती नै उत्साहका साथ बङ्गुरपालनमा लागेकाछन् । अहिले उनको फार्ममा चार माउसहित हुर्कंदै गरेका १४ वटा बङ्गुर छन् । यस व्यावसायबाट श्रीमती, तीनजना छोराछोरीको लालनपालन राम्रोसँग चलेको छ । माउ १२ वटा पुर्याउने लक्ष्य छ । हिजोआज सबैका घरघरमा इन्टरनेटको पहुँच छ । हातहातमा स्मार्ट मोबाइल फोन सबैजसोले अनिवार्यजसो प्रयोग गरिरहेका छन् । बढ्दो सूचना प्रविधिलाई अवलम्बन गर्दै नयाँ–नयाँ कुराको खोज अनुसन्धान गरेर समाजमा यमबहादुर सारुले जस्तै विभिन्न व्यवसाय, उद्यम गर्न सकिन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.