• बुधबार , कार्तिक ७, २०८१

वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै कागतीखेतीमा…

BySANU

Jul 22, 2023

मध्यविन्दु, ६ साउन । पन्ध्र वर्षदेखिको वैदेशिक रोजगारीको यात्रालाई विट मार्दै नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका वडा नं १७ गोछडाटारका सागर लम्साल आजभोलि कागतीका बिरुवा रेखदेखमा व्यस्त छन् । अहिले बारीमा कागती फूल खेल्न थालेका छन्, यसैको रेखदेख र स्याहारमा दिन बित्ने गरेको छ, लम्सालले भने । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत उहाँले अनुदानमा सुनकागती–१ का बिरुवा लगाएका हुन् । स्वदेशमा नै व्यवसाय गर्ने सोचलाई परियोजनाले साथ दियो, उनले भने, अहिले १७ गट्ठा जग्गामा तीन सय सुनकागतीका बोट हुर्किंदैछन् । उक्त परियोजना सञ्चालन भएपछि निर्वाहमुखी खेती गर्दै आएका किसान अहिले व्यावसायिकरुपमा कागतीखेतीमा आकर्षित भएका लम्सालको भनाइ थियो । एकपटक लगानी गरेपछि वर्षौंसम्म आम्दानी लिन सकिने र उत्पादन पनि मनग्य हुने भएकाले अन्य बाली लगाउने किसान पनि कागतीखेतीतर्फ आकर्षित भएका उनले बताए । सुनकागती–१ लगाएका कृषकको बारीमा अवलोकन जाँदा उत्पादन राम्रो भएको देखेर व्यावसायिकरुपमा कागतीखेती गर्ने सोच आयो, ढुङ्गानाले भने, धान, मकै, तोरी लगाएर जीविकोपार्जन मात्रै हुने आम्दानीमा वृद्धि नहुने समस्या छ । एकपटकको लगानीले कागतीबाट वर्षौंसम्म आम्दानी लिन सकिने हुँदा यसतर्फ आकर्षित भएको हुँ । परियोजनाले तरकारी खेतीका लागि क्षेत्र विस्तार गर्ने, सुन्तला र फलफूल बालीका लागि नर्सरी निर्माण, सिँचाइको व्यवस्था र मेसिनरी औचार वितरणलगायत सहयोग गर्दै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.