• बुधबार , कार्तिक ७, २०८१

स्वास्थ्यकर्मी खटिए गोठगोठमा…

BySANU

Jul 23, 2023

राँझा, ७ साउन ।  बाँकेको खजुरा गाउँपालिकाले महामारीका रुपमा फैलिएको ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि पशु स्वास्थ्यकर्मीलाई खोपसहित किसानको गोठगोठमा खटाएको छ । गाउँपालिकाका आठवटै वडामा दुई सयभन्दा बढी गाईभैँसीमा यो रोगको सङ्क्रमण देखिएकाले स्थानीयवासीका गोठगोठमा पुगेर गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप अभियान सुरु गरिएको गाउँपालिका पशु विकास शाखा प्रमुख (भेटेरिनरी अधिकृत) कर्णप्रसाद खत्रीले जानकारी दिए ।  गाउँपालिकामा १६ हजार भन्दाबढी गाईभैँसीलाइ लम्पी स्किनविरुद्धको खोप लगाइने योजना रहेको छ । हालसम्म यो रोगबाट खजुरामा २७ वटा गाईको मृत्यु भैसकेको छ । रोगले महामारीको रूप लिन थालेपछि गाउँपालिका अध्यक्ष विक आफैँ भेटेरिनरी तथा पशु सेवा विज्ञ टोली लिएर निःशुल्क भ्याक्सिन लगाउने काममा खटिएको छ । रोग नियन्त्रणका लागि खजुरा गाउँपालिकाले आकस्मिक उपचार गर्न रु दुई लाख ५० हजार छुट्याएर औषधि पनि खरिद गरिएको उनले जानकारी दिए । यसैगरी कचेरा निकाल्ने, सिँगान बग्ने तथा फिँज धेरै निकाल्ने, घाँटी तल पानी भरिने, दूध उत्पादन ८० प्रतिशतसम्म घट्ने, गर्भ तुहिने र पछि बाँझोपन देखिन सक्नेजस्ता लक्षण यो रोग लागेका पशुमा देखिन्छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.