• बुधबार , कार्तिक ७, २०८१

वार्षिक १६ लाख आम्दानी फलफूल र तरकारी खेतीमा…

BySANU

Jul 24, 2023

अर्घाखाँची ८ साउन ।  वैदेशिक रोजगारबाट फर्किएर कृषि पेसामा लागेका सन्धिखर्क नगरपालिका–८ किमडाँडाका  युवा ठाकुर भुसालको आपको बगैँचामा लटरम्म आँप फलेका छन् । भुसालले यसवर्ष आँप बिक्रीबाट रु सात लाखभन्दा बढी आम्दानी हुने अपेक्षा गरिएकोछ । व्यावसायिक फलफूल तथा तरकारी खेतीबाट वार्षिक रु १६ लाखभन्दा बढी कमाउने गरेको उनले सुनाए । झन्डै ५० बोटमा अहिले ९० क्विन्टलभन्दा बढी आँप फलेको छ, उत्पादन भएको आँपको बिक्रीका लागि कुनै समस्या छैन, सन्धिखर्कमा मात्र होइन् बुटवल र पोखरासम्मका व्यापारी घरमै पुगेर खरिद गर्ने गरेका छन्, उनले भने, अहिले घरमै थोकमा रु ८० प्रति किलोमा आँपको बिक्री हुने गरेको छ । व्यावसायिक रुपमा तरकारी र फलफूलखेती गरेर पनि केही गर्न सकिन्छ भन्ने मान्यताका साथ आँपका बिरुवा लगाएको किसान भुसालले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.