• बुधबार , कार्तिक ७, २०८१

फलफूलाका बिरुवा उत्पादन बाँझो जमिनमा…

BySANU

Jul 26, 2023

ढोरपाटन, १० साउन । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगार दिन तथा उनीहरुको आयआर्जन बढाउन फलफूलखेती तथा काठजन्य बिरुवा उत्पादनमा जोड दिन थालेको छ । तमानखोला–५ को खुङ्खानीलगायत गाउँमा पनि फलफूल खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । थोरै मेहनतबाट धेरै उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु, किबी, बयर तथा उत्तिस र किम्मुका बिरुवा लगाइएका छन् । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ । व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० किसानले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएका छन् । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published.