• बुधबार , कार्तिक ७, २०८१

कृषिमै भविष्य सीप जानेको र मेहनत गर्न सके…

BySANU

Jul 27, 2023

गण्डकी, ११ साउन । उमेर छँदै कमाउने सोचले पहिलोपटक घर छोडेका रमेश श्रेष्ठ महिनौँसम्म म्यानपावर कम्पनी धाए । विदेशको सपना बीचमै त्यागेर श्रेष्ठले एकाएक बाटो मोडे । विदेशको काम नबनेपछि दाइले पोखरा बोलाउनुभयो, पोखरामा व्यावसायिक तरकारी खेतीको सम्भावना देखेपछि दाइभाइ मिलेर कृषि फार्म सुरु गर्यौँ, ३८ वर्षीय श्रेष्ठले भने, अहिले २४ रोपनी जग्गामा तरकारी खेती गरेका छौँ । प्रतिरोपनी वार्षिक रु २१ हजार तिर्ने गरी जग्गामा भाडा ल्याएर कृषि फार्म चलाइएको श्रेष्ठले बताए । वर्षको १२-१५ लाख रुपैयाँ कमाउन विदेश जानु पर्दैन, सीप जानेको र मेहनत गर्न सक्नेले कृषिबाटै भविष्य बनाउन सक्छन्, श्रेष्ठले भने, हामी पनि बाहिरबाट आएर पोखरामा सङ्घर्ष गरिरहेका छौँ, सफलतामा पुग्न त अझै बाँकी नै छ । फार्ममा दुई जनाले रोजगारी पाएका छन् । कृषि व्यवसायमा उनलाई श्रीमती सुनिताको दरिलो साथ छ । छोरा सागर र छोरी रक्षा विद्यालय पढ्दैछन् । यसैगरी श्रेष्ठ कृषि फार्म सँगै जोडिएको छ ‘एस्कोल कृषि फार्म’ । सो फार्म बागलुङको पाण्डवखानीका कर्ण पुनले सञ्चालन गरेका छन् । चौध वर्षअघि पोखरा झरेका उनी पनि कृषिबाट चिनिएका पात्र हुन् । पुनले १७ रोपनी जग्गामा तरकारी खेती गर्दै आएकाछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.