• बुधबार , कार्तिक ७, २०८१

कमाउँदै छन् विद्यार्थी प्राविधिक शिक्षा सिक्दै…

BySANU

Jul 28, 2023

बेनी, १२ साउन । किसानी प्राविधिक शिक्षालय अन्तर्गत बाली विज्ञान र पशु विज्ञान विषय अध्ययन गर्दै आएका विद्यार्थीलाई लक्षित गरी सञ्चालित सिक्दै कमाउँदै कार्यक्रम फलदायी बनेको छ। म्याग्दीको मालिका गाउँपालिका–७ बिममा रहेको किसानी माविमा सञ्चालित प्राविधिक शिक्षा प्रभावकारी बनेको हो । यहाँका विद्यार्थीले करिब १२ रोपनीमा तरकारी र धान खेती गर्दै आएका छन् । करिब तीन रोपनीमा बर्खे तरकारी खेती गरेका विद्यार्थीको करेसाबारीमा अहिले लौका, गोलभेडा, घिरौँला, तितेकरेला, भाण्टा लगायतका तरकारी उत्पादन भएको छ । विद्यार्थीले उत्पादन गरेको कृषि उपज उनीहरु स्वयमले प्रयोग गर्छन् भने गाउँमासमेत बिक्री गर्दै आएको शिक्षालयका प्रमुख करन कँडेलले जानकारी दिए । यसअघि उनीहरुले च्याउसमेत उत्पादन गरेर बिक्री गरी आम्दानी गरेका थिए । यस शिक्षालयमा पशु विज्ञान अध्ययन गर्ने विद्यार्थीले कुखुरापालन गर्दैै आएका छन् । सिक्दै कमाउँदै कार्यक्रम निकै प्रभावकारी बनेको छ, उनीहरु विद्यालय समय भन्दा बाहिरको समयलाई उत्पादनमूलक क्षेत्रमा लगाएका छन् । विसं २०६८ मा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी १८ महिने जेटिए, तीन वर्षे बाली विज्ञान र तीन वर्षे पशु विज्ञानमा पठनपाठन गराउँदै आएको प्राविधिक शिक्षालयमा अहिले कूल एक सय ४२ जना अध्ययनरत छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.