• बुधबार , कार्तिक ७, २०८१

एक लाखभन्दा बढी वृक्षरोपण…

BySANU

Jul 29, 2023

जानकी, १३ साउन । बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९/०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो । कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनप्रतिभा सामुदायिक वन क्षेत्रको चार हेक्टर, वनशक्ति सामुदायिक वन क्षेत्रको पाँच हेक्टर, दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वन क्षेत्रको पाँच हेक्टर, झिझरी महिला सामुदायिक वन क्षेत्रको चार हेक्टर, वागेश्वरी सामुदायिक वनक्षेत्रको १२ दशमलव ४७, हेक्टर अशोक सामुदायिक वनक्षेत्रको सात दशमलव ५१ हेक्टर र सिद्धबाबा सामुदायिक वन क्षेत्रको पाँच हेक्टर गरी कूल ९०  हेक्टर खालिजमिनमा बिरुवा रोपिएको सूचना अधिकारी गणेश खड्काले बताए । ती बन क्षेत्रको खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रो, बेल, विजयसाल, शिरीष, सिसौँ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायत बिरुवा लगाइएको छ । एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न रु एक करोड ११ लाख खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिए । त्यसैगरी शम्शेरगञ्ज शव बन डिभिजन कार्यालयले पनि आवको ०७९/०८० मा साढे १८ हेक्टर जमिनमा २९ हजार छ सय वृक्षरोपण गरेको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.