• बुधबार , कार्तिक ७, २०८१

ऐतिहासिक चिया बगान संरक्षण गर्न इलाममा पुन: चिया रोपण सुरु…

BySANU

Aug 3, 2023

फिक्कल, १ साउन । सदरमुकामस्थित बगानमा एक सय ६० वर्षअघि मा प्रथम राणा प्रधानमन्त्री जङ्गबहादुरका ज्वाइँ गजराजसिंह थापाले पहिलोपटक बिरुवा रोपेका थिए तर बगानको उचित संरक्षण हुन सकेको थिएन । इलामको सुन्दरता नै चियाबारी हो । यसैको संरक्षण नहुँदा चिया पर्यटनसमेत चुनौती बन्दै गएको थियो, नगरप्रमुख केदार थापाले भने, अब भने पुरानै जातको चिया लगाएर ढकमक्क बनाएपछि इलाममा फेरि सुन्दरताको चमक थपिनेमा हामी विश्वस्त छौँ । देश विदेशबाट आएका पर्यटक तथा अनुसन्धानकर्ताले इलामको पुरानो चिया बगान नै खोजी गर्छन् तर, त्यसैको अवस्था बिगिँ्रदो भएपछि हामीले बिरुवा रोप्ने अभियान सुरु गराएका हौँ नगर उपप्रमुख विष्णुकुमारी लिम्बूले भने, यो ऐतिहासिक महत्त्वको चिया बगान संरक्षण गर्न तीनै तहको सरकार लागि पर्न जरुरी छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.