• बुधबार , कार्तिक ७, २०८१

लसुन खेतीमा रमाउँदै किसान…

BySANU

Aug 4, 2023

रुकुमपश्चिम, १९ साउन । रुकुमपश्चिमको मुसिकोट नगरपालिका-१० झ्याङका झुपलाल खड्काका लागि लसुन खेती नौलो होइन , तर त्यो परिवारको खपतमा मात्रै सीमित थियो । आर्थिक वर्ष २०७५/७६ देखि वडा कार्यालयले लसुनको बिउ उपलब्ध गराउन थालेपछि उनी व्यावसायिक लसुन खेतीमा छन् ।  उनका अनुसार पछिल्लो एक सिजनमा लसुन बिक्रीबाट रु १ लाख ६१ हजार आम्दानी गर्नुभयो । पहिले लसुन बिक्रीबाट यति राम्रो आम्दानी हुन्छ भन्ने थाहै थिएन, उनले भने, व्यावसायिक लसुनखेती गरेपछि भने राम्रो आम्दानी भइरहेको छ। यतिबेला खड्कासँगै वडाको चौरका खिमबहादुर ओली, गलमपाटीकी सकुन्तला बुढालगायतले किसानले लसुन बेचेर राम्रो आम्दानी गरिरहेकाछन् । व्यवसायी पनि लसुन खरिद गर्न घरमै आउने गरेका छन् । मुिसकोट नगरपालिका–१० लसुन खेतीको लागि राम्रो ठाउँ मानिन्छ । सुरुमा वडा कार्यालयले किसानका लागि लगानी गर्दै आए पनि पछिल्लो समयमा कृषि विकास कार्यालयले पनि वडामा लसुन उत्पादन बढाउन सहयोग गर्दै आएको छ । वडाका झ्याङ, झाँडारी, जुगेखोर्या, गलमपाटी, खर्सुपानी, चौर र भेरीखोला टोलमा उत्पादन भएका लसुन सदरमुकाम खलङ्गासहित जिल्ला बाहिर पनि पुग्ने गरेको छ । उनका अनुसार गत आवमा यहाँका किसानले रु ३५ लाखको लसुन बिक्री गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.