• बुधबार , कार्तिक ७, २०८१

फूलखेतीबाट लाखौँ आम्दानी गर्दै …

BySANU

Aug 6, 2023

घोराही, २१ साउन । वैदेशिक रोजगारीलाई बिट मार्दै स्वदेशमै स्वरोजगार हुने लोकेन्द्र रोकामगरको योजना फूलखेतीबाट पूरा भएको छ । घोराही उपमहानगरपालिका–१४ झिँगौराका लोकेन्द्र रोकामगर विगत नौ वर्षदेखि व्यावसायिक फूलखेतीमा छन् । फूलखेतीबाट आम्दानी राम्रो हुन थालेपछि काम खोज्दै विदेश जान पनि नपरेको उनको भनाइ छ । बरु यही व्यवसायलाई बिस्तार गर्दै अघि बढ्ने उनले योजना सुनाए । रोजगारीका क्रममा सात वर्ष कतारमा बिताएका रोका मगरले दशैँ र तिहारलगायतका पर्व एवं शुभकार्यमा फूलको माग राम्रो देखेपछि फूलखेतीमा होमिएको हो । हाल उनले हजारीका बिरुवा उत्पादन गर्दै बिक्री समेत गरिरहेको छ । थोकमा एउटा बिरुवाको रु साढे तीन र खुद्रामा रु पाँचका दरले बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले गत तिहारमा मात्रै रु १० लाखको हजारी फूलका माला र फूल बिक्री गरेको बताए । अहिले उनले सजावटका लागि फूलका बिरुवा, उत्पादन तथा बिक्रीसमेत गर्दै आएको छ । फूलको माग दसैँ तिहारमा बढी हुने गरेको उनको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.