• बुधबार , कार्तिक ७, २०८१

हाइब्रिड स्याउखेतीतर्फ आकर्षित किसान… 

BySANU

Aug 7, 2023

मनाङ, २२ साउन । मनाङको तल्लो क्षेत्र नासों गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवारले परम्परागत खेती गर्दै आएका थिए । उत्पादन वृद्धि गर्ने उद्देश्यले अहिले विकासे (हाइब्रिड) स्याउखेतीतर्फ लागेकाछन् । परम्परागत खेतीबाट मेहनत अनुसारको आयआर्जन नभएपछि अहिले मनाङका किसानले विकासे स्याउ खेती गर्न थालेका छन् । विकासे स्याउ खेतीमा उच्च प्रविधिको प्रयोग हुने हुँदा यसलाई विस्तार गर्दै गएका छन् । चार वर्ष अघि विस्तार गरेको स्याउ खेतीबाट अहिले फल दिन थालेको यो दोस्रो वर्ष हो । यो प्रजातिको स्याउको बोटले दुई वर्षदेखि नै दिन थालेको र प्रत्येक वर्ष उत्पादन बढ्दै जाने भएकाले पनि यो प्रजातिको स्याउ खेतीतर्फ किसान आकर्षित भएको उनले बताए । उनले भने, लगाएको एक वर्षदेखि नै उत्पादन लिन थालेको हो, फल दिएको चार वर्ष भयो । करिब रु.१० लाख लगानी गरेको उनले बताए । लगानीअनुसार उत्पादन राम्रो हुने भएपछि उनी खुसी छन् । यहाँ उत्पादित स्याउ बजारसम्म पुर्याउन समस्या भने रहेको छ, उत्पादनले भने आकर्षित भएका छौं, उनले भने । अहिले यहाँका अधिकांश किसानले परम्परागत खेतीलाई विस्तापित गर्दै उच्च प्रविधियुक्त स्याउ खेतीतर्फ लागेको पाइन्छ । जति चिसो त्यति नै सप्रिने स्याउको बिरुवा भएकाले अनुकूल वातावरण भएमा एउटै बोटबाट ४५ किलोसम्म उत्पादन दिन सक्ने कृषि प्राविधिक बताउँछन् । मनाङको तल्लो भेगदेखि माथिल्लो भेगसम्म यस प्रविधिको स्याउ खेती विस्तार भइरहेको प्रमुख राजेश्वर सिलवालले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.