• बुधबार , कार्तिक ७, २०८१

झाडी अहिले कागती बगैँचामा परिणत…

BySANU

Aug 11, 2023

दाङ, २६ साउन । दाङको गढवा गाउँपालिका–३ गोबरडिहाको विद्यानगर पाँच वर्षअघि निल काँडा र सैँजनको झाडी रहेको अहिले कागतीको बगैँचामा परिणत भएको छ । जताजतै झाडी मात्रै देखिने पाखोबारीमा अहिले चारैतिर हरिया बोटमा लटरम्म कागती फलेका छन् । चौतिस वर्षिय चौधरीले १० बिघा जमिन भाडामा लिइ कागती खेती सुरु गरेका हुन् । बगैँचा अवलोकन गर्न र खरिद गर्नका लागि विभिन्न ठाउँका मानिस यहाँ आउने गरेका चौधरीले बताए । विसं २०७४ मा यहाँको १० बिघा जमिन भाडामा लिएर व्यावसायिकरुपमा उन्नत जातको कागती खेती सुरु गरिएको उनले जानकारी दिए । उत्पादित कागती बिक्रीका लागि बजारको कुनै समस्या नरहेको भन्दै चौधरीले प्रतिकेजी रू एक सय ५० देखि रू दुई सय सम्ममा बिक्री गरिरहेको जानकारी दिए । जग्गा प्रयोग गरेबापत उहाँले वार्षिक रू दुई लाख भाडा तिरिरहेकाछन् । नेपालमा ८० प्रतिशत कागती भारतलगायतका देशबाट आउने र २० प्रतिशतलाई मात्र यहाँ उत्पादन हुने भन्ने समाचार पढेकाले यस खेतीमा लाग्न सोही समाचारले आकर्षित गरेको चौधरीको भनाइ थियो । सरकारले कृषि क्षेत्रमा लागेकालाई अनुदानमा ऋण, किटनाशक औषधि, बीउबिजन, मल, सिँचाइको व्यवस्था गरिनुपर्नेमा उनले जोड दिए ।

Spread the love

Leave a Reply

Your email address will not be published.