• बुधबार , कार्तिक ७, २०८१

मौरी नश्ल सुधार कार्यक्रम…

BySANU

Aug 12, 2023

दमौली, २७ साउन । व्यावसायिक कीट विकास केन्द्र बन्दीपुरले चालु आर्थिक वर्षमा मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गर्न लागेको छ ।  विभिन्न ठाउँबाट मौरी ल्याएर रानोसँग क्रस गराइने उनले बताए । उनले भने, केन्द्रले मुख्य गरी मौरी, च्याउ र रेशम किरामा अध्ययन गर्दै आएको छ । यस वर्ष मौरी नश्ल सुधार कार्यक्रम सञ्चालन गरी कृषकलाई मौरीसमेत वितरण गर्ने कार्यक्रम छ । कार्यालयले चालु आवमा मौरीसहित घार, च्याउका बीउ वितरण गर्नुका साथै आवश्यक सीपसमेत सिकाउने कार्यालय प्रमुख देवकोटाले जानकारी दिए । उनका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा तीन सय ६० मौरीसहिको घार वितरण गरिनेछ । त्यसका लागि रु १८ लाख ७५ हजार बजेट विनियोजन गरिएको छ । त्यस्तै च्याउ बीउ उत्पादनका लागि रु पाँच लाख बजेट विनियोजन भएको छ । केन्द्रमा पहिलोपटक च्याउ प्रयोगशाला निर्माण गरिँदैछ । उनले भने, च्याउको अध्ययनका लागि पहिलोपटक कार्यालयमै प्रयोगशाला निर्माण हुँदैछ । देवकोटाका अनुसार व्यावसायिक कृषकका लागि च्याउ स्रोत केन्द्र निर्माणका लागि रु दश लाख सहयोग गर्ने कार्यक्रम रहेको छ भने च्याउ खेती तालिम पनि प्रदान गरिनेछ ।

Spread the love

Leave a Reply

Your email address will not be published.