• बुधबार , कार्तिक ७, २०८१

‘ड्रागन फ्रुट’ खेतीले मनग्य आम्दानी दिईदैं…

BySANU

Aug 13, 2023

गोरखा, २८ साउन । गोरखाको धार्चे गाउँपालिका–७ स्थित लापुबेँसीमा व्यावसायिकरूपले ‘ड्रागन फ्रुट’ खेती गरिएको छ । करिब सात रोपनी जमिनमा गरिएको उक्त खेतीबाट मनग्य आम्दानी हुन थालेको धार्चे ड्रागन फ्रुटका सञ्चालक सोम गुरुङले जानकारी दिए । पहिलो वर्ष रु एक लाख बराबरको ड्रागन फ्रुट बेचेको थिए, उनले भने, यो वर्ष रु तीन लाखको फल बिक्री भइसक्यो, अझै रु चार लाखभन्दा बढी आम्दानी हुने अनुमान गरेको छु । उत्पादित फल प्रतिकिलो रु छ सयसम्ममा बिक्री हुने गरेको छ । एकदुई किलो लैजाने ग्राहकलाई प्रतिकिलो रु छ सय लिने गरेको छु, कृषक गुरुङले भने, होलसेल मूल्यमा लैजानेलाई भने रु पाँच सयका दरले बिक्री गर्ने गरेको छु । समुद्री सतहबाट आठ सय ५० मिटर उचाइमा रहेको जमिनमा ड्रागन खेती गरिएको उनले बताए । उनले ड्रागन खेतीबाट राम्रो आम्दानी हुने भएकाले युवा पुस्तालाई विदेशिनुभन्दा व्यावसायिकरुपमा यहीँ खेतीतर्फ लाग्नसमेत सुझाव दिए । सुरुआती चरणमा रु १३ लाख खर्चेर खेती सुरु गरिएकामा अहिले गाउँपालिका र कृषि ज्ञान केन्द्रले रु तीन÷तीन लाख गरी कूल रु छ लाख अनुदान उपलब्ध गराएका कृषक गुरुङले बताए ।

Spread the love

Leave a Reply

Your email address will not be published.