• बुधबार , कार्तिक ७, २०८१

कफी खेतीको सम्भावना सुदूरपश्चिममा…

BySANU

Aug 15, 2023

सुदूरपश्चिम, ३० साउन ।  सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी, व्यापारी एवं निजी क्षेत्रले यसतर्फ चासो नदिनुलगायत कारणले प्रशस्त सम्भावना भए पनि खेती सुरु हुन नसकेको कृषि प्राविधिक बताउँछन् । प्रदेशमा कफीखेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँका किसानले लगानी गर्न चासो नदिँदा व्यावसायिक खेती हुन नसककेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । राष्ट्रिय चिया तथा कफी बोर्डले सन् २०१४ मा सुदूरपश्चिमको डोटी र डडेलधुरामा कफी खेतीको सम्भाव्यता अध्ययन गरेको थियो । उक्त अध्ययन अनुसार डोटीमा ६४ हजार आठ सय र डडेलधुरामा ५१ हजार तीन सय ३० हेक्टर जमिनमा कफीखेती विस्तार गर्न सकिने सम्भावना रहेको बोर्डले जनाएको छ । कैलालीको चुरे र बैतडीको दोगडाकेदार गाउँपालिकाका साथै अछाम र बझाङ जिल्लामा कफीखेतीको उच्च सम्भावना रहेको उक्त अध्ययनले देखाएको छ । बजारमा बढी माग हुने अराविक जातको कफी खेतीको लागि ७० देखि ८० प्रतिशत सापेक्षित आद्रता, एक हजार छ सयदेखि दुई हजार पाँच सय मिलिमिटरसम्मको वर्षा, १५ देखि २५ डिग्री सेल्सियस तापक्रम आवश्यक पर्ने कृषि प्राविधिकको भनाइ छ । विश्व बजारमा पेट्रोलियम पदार्थपछि सबैभन्दा बढी कफी खपत हुने गरेको पाइएको छ, उनले भने, सगरमाथाको देश, हिमाली गुणस्तर, सन्तुलित स्वाद र विशिष्ट गुण हुन्छ भन्ने बुझाइ अन्तर्राष्ट्रिय बजारमा हुँदा नेपाली कफीको माग निकै उच्च छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.