• बुधबार , कार्तिक ७, २०८१

सतिसाल र सादनका वृक्षरोपण…

BySANU

Aug 17, 2023

बाँके, ३२ साउन । शमशेरगञ्ज सव डिभिजन वन कार्यालय बाँकेले लोपोन्मुख प्रजाति सतिसाल र सादनको बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा बासस्थान वृद्धिका लागि वृक्षरोपण सुरुवात गरेको छ । गत आर्थिक वर्ष २०७९/८० मा मात्रै कार्यालयले सतिसालका करिब २५ हजार र सादनको करिब २० हजार बिरुवा उत्पादन गरी जिल्लाका विभिन्न स्थानमा वितरण तथा वृक्षरोपण सुरुवात गरेको कार्यालयका सहायक वन अधिकृत सुशील सुवेदीले बताए । सतिसाल र सादन बाँके जिल्लाको राष्ट्रिय निकुञ्जको कोर क्षेत्र र मुगुवा खोला किनारका क्षेत्रमा मात्र सीमित छ । पहिले प्रशस्त पाइने यो प्रजाति विस्तारै लोपहुँदै गइरहेकोमा डिभिजन वन कार्यालय बाँकेले सो प्रजातिको संरक्षण प्लट स्थापना गरेको सहायक वन अधिकृत सुवेदीले बताए । साथै जाजरकोट, डडेलधुराबाट समेत यी प्रजातिको माग आइरहेको हुँदा सो स्थानमा पनि यी प्रजातिको बासस्थान विस्तार गरिने योजना रहेको सहायक वन अधिकृत सुवेदीले बताए । यी प्रजातिका अलावा सव डिभिजन वन कार्यालयले बकाइनो, शिरिष, सागवान, काभ्रो, अमला, सेतो चन्दनलगायतका उपभोक्ताले माग गरेका बिरुवा करिब एक लाख गोटा उत्पादन गरी वितरण गर्दै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.