• बुधबार , कार्तिक ७, २०८१

अचार उत्पादनबाट मनग्य आम्दानी गर्दै… 

BySANU

Aug 18, 2023

टीकापुर , १ भदौ । कैलालीको टीकापुरमा व्यावसायिकरूपमा महिला उद्यमीले अचार उत्पादन थालेका छन् । उनीहरुले यसपटक आँपको अचार साढे सात क्विन्टल र गल्का एक क्विन्टल उत्पादन गरेका छन् । यसका साथै उनीहरु तामा, निउरो, हरियो खुर्सानी, करेला, मेथी, कुखुरा र सिद्राको अचार उत्पादनमा व्यवस्त छन् । यहाँ उत्पादन भएको अचार, सिन्की र गुन्द्रुक काठमाडौँ, नेपालगञ्जजस्ता  सहरदेखि बर्दिया, सुर्खेत, कञ्चनपुर र टीकापुरका विभिन्न मार्टमा बिक्री हुने गरेको छ । यस क्षेत्रका १७ महिलाले समूह बनाएर गत मङ्सिरदेखि मालिका उद्यमी कम्पनीमार्फत मस्यौरा र गुन्द्रुक उत्पादन थालेका छन् । उनीहरूले आठ क्विन्टल मस्यौरा उत्पादन गरिसकेका छन् । हालसम्म झण्डै पाँच क्विन्टल बिक्री भइसकेको कल्पना जैशीले बताईन् । गुणस्तर मापनका लागि उनीहरुले खाद्य तथा गुण नियन्त्रण कार्यालय धनगढीमा पठाउने गरेका छन् । पिडालु छिल्ने, पिडालु मसिनो बनाउने, मास पिस्ने, पिडालु र मास मिक्स गर्ने र तयार भएको मस्यौरा सुकाउने गरी पाँच मेसिन भारतको दिल्लीबाट ल्याएका हुन् । महिलाले उद्योग सञ्चालन गरेपछि यस क्षेत्रका किसानको मुला, पिडालु र मासले मूल्य पाएको छ । यसपटक मुला उत्पादक किसानले सोचेभन्दा राम्रो नाफा कमाउन सफल भएका छन् । महिलाले उत्पादन गरेका सामान व्यापार महासङ्घले बजारीकरण गरिदिने भएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.