• बुधबार , कार्तिक ७, २०८१

‘पढ्दै कमाउँदै’ कार्यक्रम प्रभावकारी बन्दै…

BySANU

Aug 20, 2023

टक्सार , २ भदौ । विद्यालयमा अध्ययन मात्र नभएर पढ्दै कमाउँदै कार्यक्रम सुरु भएपछि भोजपुरमा रहेको यशोधरा माध्यमिक विद्यालयका विद्यार्थीमा उत्साह देखिएको विद्यालयका शिक्षक दीपेन्द्र श्रेष्ठले बताए । विद्यालयमा हाल बाली विज्ञानतर्फ ६४ विद्यार्थी अध्ययनरत छन् । शिक्षकले कक्षामा अध्ययन गराएको विषय फिल्डमा अभ्यास गर्न सकिने भएकाले विद्यालयमा सञ्चालित पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बन्दै गएको बाली विज्ञान शिक्षक सुरजकुमार शाह रौनियारले बताए । पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीले मौरीपालन, माछापालन, तरकारी, खोर्सानी लगायतका खेती गर्दै आइरहेका छन् । अध्ययनसँगै बारीमा अभ्याससमेत गर्न पाएकोमा आफूहरूलाई थप ज्ञान मिलेको बाली विज्ञान अन्तर्गत कक्षा १२ मा अध्ययरत बिनिता राईको भनाइ छ । उनले, सबै कार्यमा विद्यार्थी सामेल हुने भएकाले कार्यक्रमले विद्यार्थीलाई आत्मनिर्भर बनाउन पनि सिकाएको छ । कार्यक्रमका लागि छनोट भएका विद्यालयमा बाली विज्ञानको पठनपाठन हुँदै आएको छ । सञ्चालनका लागि छनोटमा परेका विद्यालयलाई अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान हुनेछ । यो कार्यक्रमले विद्यार्थीलाई व्यावहारिक ज्ञान प्रदान गर्दे पढ्न र सिक्नका लागि थप प्रेरणा मिलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद कार्कीले बताए । कार्यविधिले स्वआर्जन गर्न चाहने र गरिब परिवारका विद्यार्थीमा उद्यमशीलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.