• बुधबार , कार्तिक ७, २०८१

तीन अर्बभन्दा बढी फूलको कारोबार…

BySANU

Aug 23, 2023
फ्लोरिकल्चर एसोसिएशन नेपालद्वारा बिहीबार जावलाखेल खेल मैदानमा आयोजित १५ ओैँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०७९ मा राखिएका फूल । तस्बिर : चन्द्रकला क्षेत्री,रासस

काठमाडौँ ६ भदौ । कोरोना महामारीको त्रास कायमै रहेकाले आव २०७८/८९ मा रु दुई अर्ब ३० करोडको वार्षिक फूलको कारोबार भएको थियो । तर आर्थिक वर्ष २०७९/८० मा पुष्प व्यवसायमा रु तीन अर्ब सात करोडको वार्षिक कारोबार भएको छ । गत आर्थिक वर्षका लागि एशोसिएसनले रु तीन अर्बको कारोबार हुने अनुमान गरेको भए पनि लामो समय कोरोना महामारीको कारण थला परेको यस व्यवसायले पुरानै लय लिएसँगै कारोबार रकम बढेको हो । विशेषगरी तिहारमा प्रयोग हुने मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले नै पुग्ने गरेको भए पनि तिहारमा नै प्रयोग हुने सयपत्री र अन्य समयमा प्रयोग हुने रातो गुलाफ भने छिमेकी मुलुक भारतबाट ल्याउनुपर्ने बाध्यता टरेको छैन । नेपालमा विसं २००७ देखि शुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको भए पनि बजार मागअनुसार स्वदेशी उत्पादनले नै धान्न सक्ने अवस्था नभएको एशोसिएसनले बताएको छ । व्यावसायिकरूपमा चार सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन । नेपालमा लगभग दुई सय २१ हेक्टर क्षेत्रफलमा एक हजार एक सय १६ व्यवसायीले यसको खेती गर्दै आएका छन । यस व्यवसायमा लगभग रु सात अर्ब बढीको लगानी रहेको बताइएको छ ।  विगत चार वर्षदेखि निकै नोक्सानीको सामना गरिरहेको यस व्यवसायले गत आवमा भने अनुमानित लक्ष्यभन्दा बढी आर्थिक कारोबार गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.