• बुधबार , कार्तिक ७, २०८१

गाईभैँसीको खोप अभियान तीव्र बनाउँदै…

BySANU

Aug 24, 2023

हेटौँडा, ७ भदौ । बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयले चितवनमा एक हप्तामा नौ हजार २५ गाईभैँसीमा लम्पी स्किन विरुद्धको खोप लगाइएको छ भने दोलखामा दुई सय ८४ मात्रा खोप लगाइएको बताएको छ । भक्तपुरमा नौ सय २१ गाईभैँसीमा खोप लगाइएको मन्त्रालयको तथ्याङ्क छ । यस्तै ललितपुरमा एक हजार चार सय ३७, मकवानपुरमा पाँच हजार नौ सय ५६, धादिङमा तीन हजार छ सय १० पशुमा खोप लगाइएको छ । त्यसैगरी सिन्धुलीमा दुई हजार चार सय ९०, रामेछापमा एक हजार नौ सय ४२, सिन्धुपाल्चोकमा एक हजार आठ सय ९९, काभ्रेमा छ हजार ७७, नुवाकोटमा तीन हजार तीन सय ७७ र रसुवामा एक हजार एक सय ८८ पशुमा  लम्पी स्किन रोग विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । कृषि मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार एक लाख १० हजार चार सय ४० पशुमा यो रोगको सङ्क्रमण देखापरेको र छ हजार दुई सय ९१ पशुको मृत्यु भएको बताइएको छ । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डले लम्पी स्किन रोग नियन्त्रण गर्न प्रदेशले पहिलो पटक सरकारी निकायबाट खोप उपलब्ध गराएको जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट मोबाइल एम्बुलेन्स सञ्चालनको प्रक्रिया अगाडि बढाएकाले किसानले फोन गर्दा मोबाइल एम्बुलेन्सबाट प्राविधिक सहयोगमा घरघरमा पुर्याउने गरी कार्यक्रम ल्याउने तयारी भइरहेको छ । हाल सङ्क्रमण दर घट्दै गइरहेको उनको भनाइ छ । गर्मीयाम सुरु भएलगत्तै पशुमा प्रकोपका रुपमा रहेको लम्पी स्किन रोग गत पुसबाट फैलिएको मकवानपुरका विज्ञ केन्द्र प्रमुख चिकित्सक बज्रकिशोर ठाकुरले बताए ।  उनका अनुसार रोग नियन्त्रण गर्न जिल्लाका दश स्थानीय तहमा उपलब्ध गराइएको सात हजार मात्रामध्ये तीन हजार नौ सय २५ मात्रा खोप लगाइसकिएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.