• बुधबार , कार्तिक ७, २०८१

अङ्गुर खेती तनहुँको बाह्रबिसेमा…  

BySANU

Aug 25, 2023

तनहुँ, ८ भदौ ।  तनहुँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा अठार लाख मूल्यबराबारको अङ्गुर उत्पादन भएको छ । खेती सुरु गरेको पहिलो वर्षमै उद्यमी कुमार कार्कीले सो मूल्यबराबारको अङ्गुर उत्पादन गरेका हुन् । गतवर्ष ७० रोपनी जग्गा खरिद गरेर उनले व्यावसायीक अङ्गुर खेती थालनी गरेका थिए । ‘भाइन यार्ड एन्ड रिसर्च सेन्टर’ फार्म स्थापना गरी सुरुमा रु एक करोड ५० लाख लगानी गरेको सञ्चालक कार्कीले जानकारी दिए । नौ हजार किलोग्राम अङ्गुर उत्पादन भएको छ, उनले भने, बजारको मूल्य अनुरुप प्रतिकिलो रु दुई सयका दरले उक्त मूल्यको अङ्गुर उत्पादन भएको हो । उक्त क्षेत्रमा करिब नौ हजार पाँच सय बिरुवा रोपिएको उनले बताए । जिल्लामा उत्पादन भएका सबै अङ्गुरबाट वाइन उत्पादन गर्नका लागि धादिङमा पठाइएको छ, उनले भने कम्पनीले सात सय ५० एमएलको बोतलमा तीन प्रकारका वाइन उत्पादन गरिरहेको छ । फार्ममा हारियोमा सुजी, कायाबिनेट क्यान्टर, मनाज, सोबिनियन ग्रिस तथा खानका लागि फन्नी, सोफिया, आरकडिया, पोलिस्की, दुचबा, चालिचमान लगायतका जातका अङ्गुर रहेको छ । अङ्गुरको बोटमा चैत, वैशाखमा फूल फूल्छ भने त्यसपछि तीन महिनामा फल टिप्न तयार हुने फार्ममा कार्यरत प्राविधिक सान्नानी तामाङले बताईन् । फागुनदेखि फूल खेल्ने र असार पहिलो सातासम्म फल टिप्न सकिने छ । फार्ममा दैनिक ज्यालादारीमा आवश्यकता अनुरुप स्थानीय मानिसले प्रत्यक्ष रोजगारी पाउने गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.