• बुधबार , कार्तिक ७, २०८१

काँचै स्याउ बेच्न बाध्य…

BySANU

Aug 27, 2023

जाजरकोट, १० भदौ । त्रिपुरासुन्दरी नगरपालिका–३ स्थित सुँ, जिउँ, वडा नम्बर  ४ को  रङ्गमा कृषकले व्यावसायिक रूपमा स्याउ खेती गर्दै आएका छन् । त्यस्तै वडा नम्बर ७ मा पर्ने जुफाल, ८ र ९ मा पर्ने डाँगीबाडा वडा नम्बर ४, ५ र ११ मा पर्ने लोचा, थाला, तिप्ला र रह गाउँमा प्रसस्त स्याउ उत्पादन हुने गरेको छ । स्याउ बोटमा राम्रोसँग नपाक्दै ५० प्रतिशत स्याउ बिक्री गरिसकेको कृषि विकास कार्यालय डोल्पाले जनाएको छ । बजारको अभावमा प्रत्येक वर्ष कृषकले उत्पादन गरे जतिको सबै स्याउ बिक्री नहुने भएकाले काँचै स्याउ विचौलिया व्यापारीलाई प्रतिकिलो रु २० देखि ३० मा बेच्न बाध्य भएको कार्यालयको भनाइ छ । स्याउ राम्रोसँग भदौ अन्तिममा पाक्छ, तर व्यापारी कृषकको समस्याको फाइदा उठाउन साउन अन्तिममै गाउँमा आइपुग्छन्, कृषक बाध्य भएर मात्र रु २० देखि ३० मा स्याउ बगैँचा जिम्मा लाउन बाध्य हुनुपर्छ, उनले दुःखेसो पोखे । राम्रोसँग पाकेको स्याउको स्वादै मिठो हुन्छ, यहाँबाट सस्तो मूल्यमा लिएको काँचै स्याउ पनि व्यापारीले नेपालगञ्ज, सुर्खेत, काठमाडौँलगायत सहरमा प्रतिकिलो रु दुई सयभन्दा धेरैमा बेच्ने गर्छन्, उनले थपे । अहिले स्याउका बोटमा हाँगा, फेदबाट बोक्रा निस्कने र त्यसपछि स्याउका बोटै सुक्न थालेको कृषकले बताएका छन् । नगरपालिकाले कृषि प्राविधिक पठाएर कृषकको समस्या समाधान गरिदिन आग्रह गरेका छन् । त्यसैगरी वडा नम्बर ३ जिउँका कृषक रामबहादुर गुरुङले पनि तीन सय बोट स्याउ रोपेकाछन् । उनको बगैँचामा प्रत्येक वर्ष तीस क्विन्टलसम्म स्याउ फल्ने गर्छ, तर उनलाई पनि प्रत्येक वर्ष उत्पादित सबै स्याउ बिक्री नहुने चिन्ताले पिरोल्ने गर्दछ । नगरपालिकाले मूल्य निर्धारणमा चासो नराख्दा कृषक मारमा र विचौलिया व्यापारी फाइदामा भएको उनको भनाइ छ । उत्पादन भएजतिको सबै स्याउ उचित मूल्यमा बिक्री हुने हो भने स्याउबाट मात्रै डोल्पामा प्रत्येक वर्ष लाखौँ रुपैयाँ भित्रने कृषि विकास कार्यालय डोल्पाले जनाएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.