• बुधबार , कार्तिक ७, २०८१

आलु बाली जोगाउन अनुदान…

BySANU

Sep 1, 2023

कञ्चनपुर, १५ भदौ । रैथाने आलु बाली प्रवर्द्धन गर्नका लागि कृषि ज्ञान केन्द्र कञ्चनपुरले अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । बेदकोट र शुक्लाफाँटा नगरपालिका तथा लालझाडी गाउँपालीकामा रैथाने आलु बाली प्रवर्द्धनका लागि अनुदान कार्यक्रम सञ्चालन हुन लागेको हो । केन्द्रले रैथाने आलु बालीको खेती गर्ने किसानलाई अनुदान उपलव्ध गराउनका लागि रू १० लाख बजेट विनियोजन गरेको जनाएको छ । बीउ, मलखाद, सिँचाइ र प्रविधिमा किसानलाई अनुदान उपलव्ध गराइने केन्द्रका निमित्त कार्यालय प्रमुख हरिदत्त जोशीले बताए । उनका अनुसार किसान, किसान समूह, सहकारीमार्फत कार्यक्रम सञ्चालन गरिने भएको छ । खानमा स्वादिलो र थोरै मेहतमै धेरै फल्ने रैथाने आलु लोपोन्मुख अवस्थमा पुगेपछि प्रवद्र्धनका लागि कार्यक्रम अगाडि बढाइएको जोशीको भनाइ थियो । रैथाने आलुलाई स्थानीय थारु समुदायले घरैया आलु भन्ने गर्दछन् । घरैया आलुको माग बजारमा बढ्दो छ, उनले भने । कृषि ज्ञान केन्द्रले अनुदानका कार्यक्रम सञ्चालन गरेपछि रैथाने आलु खेती गर्दै आएका किसानको मनोवल वृद्धि भएको शुक्लाफाँटा कृषि शाखाका प्रमुख करन सिंह बुढाऐरले बताए । खेती गर्दै आएका किसानलाई हौसला बढेको छ, उनले भने, यस खेती प्रति अन्य किसानको आकर्षण पनि बढछ भन्ने लागेको छ । स्थाानीय किसानका अनुसार एक कठ्ठा जग्गामा घरैया ९ रैथाने आलु २० किलो बीउको एक क्विन्टल बढी उत्पादन हुने गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.