• बुधबार , कार्तिक ७, २०८१

पशु बीमातर्फ आर्कषित कृषक… 

BySANU

Sep 2, 2023

दमौली, १६ भदौ । विभिन्न बीमा कम्पनीमार्फत तनहुँमा पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ । जिल्लामा सबैभन्दा बढी कुखुराको बीमा गरिएको छ । गत आर्थिक वर्षमा २५ हजार छ सय ५० कुखुराको बीमा गरिएको कार्यालयले जनाएको छ । त्यस्तै सबैभन्दा कम तीन सय १८ बङ्गुरको बीमा गरिएको थियो । पशुधनको बीमा गरेपछि हुने फाइदाका विषयमा पशुपालक कृषकलाई जानकारी गराउँदै यसतर्फ आकर्षित गरिएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले बताए । उनका अनुसार बीमा रकम भुक्तानीका लागि किसानले आफ्ना पशुवस्तुको बीमा गरेको कागजात पेश गर्नुपर्ने छ । पशुधन सुरक्षण गरेपछि पशुको मृत्यु भएमा पशुपालक कृषकले क्षतिपूर्ति दाबी गर्न सक्ने केन्द्र प्रमुख डा श्रेष्ठले बताए । बीमा रकम भुक्तानीका लागि पशु मरेको १५ दिनभित्र सम्बन्धित स्थानीय सदस्य संस्था मार्फत क्षतिपूर्ति दाबीपत्र भरी दाबी गर्नुपर्ने हुन्छ, डा श्रेष्ठले भने, क्षतिपूर्ति दाबी गर्दा सम्पूर्ण कागजातहरु संलग्न गरी दाबी गरेमा पोलिसीमा उल्लेखित कर्जा रकमको ८० प्रतिशत रकम सम्बन्धित पशुपालक कृषकलाई दिनुपर्ने प्रावधान छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.