• बुधबार , कार्तिक ७, २०८१

जडीबुटी खेतीको अध्ययन केन्द्र बनाइँदै म्याग्दीको गुर्जा…

BySANU

Sep 3, 2023

गलेश्वर, १७ भदौ । तीन वर्ष अघिदेखि गुर्जाको पिउथिवा सामुदायिक वन उपभोक्ता समूहले गुर्जा नाइलीवाङको करिब १० रोपनी जमिनमा अतिस र सेदकचिनी (खिरौला) लगायतका विभिन्न जातको जडीबुटी खेती सुरु गरेको थियो । डिभिजन वन कार्यालयको सहयोगमा एक लाख ३५ हजार अतिस र खिरौलाका बिरुवालगायत अन्य बहुमूल्य जडीबुटी निकै राम्रोसँग फस्टाउँदै गएकाले गुर्जालाई जडीबुटीको ‘हब’ र अध्ययन केन्द्र बनाउन लागिएको धवलागिरि–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । जडीबुटीको संरक्षणका लागि स्थानीय प्रविधिको प्रयोग गरेर ढुङ्गाको एक सय पाँच मिटर लामो पर्खालसमेत निर्माण् गरिएको छ । डिभिजन वन कार्यालयले गत आर्थिक वर्ष २०७९/८० मा जडीबुटी खेतीका लागि रु चार लाख ८० हजार सहयोग गरेको वडाध्यक्ष छन्त्यालले जानकारी दिए । उपभोक्ताले कूल लागतको १० प्रतिशत लागत साझेदारी गरेका छन्, उनले भने “प्राकृतिक रूपमा रहेका जडीबुटी संरक्षण तथा व्यवस्थापन कार्यक्रममार्फत कार्यालयले सहयोग गरेको हो । यसअघि परीक्षणका लागि गरिएको जडीबुटी खेती सफल भएपछि व्यावसायिक खेती विस्तार गरिएको हो । विसं २०७७ मा सात हजार बिसजरा जातको जडीबुटीका बिरुवा रोपिएका थिए । विसं २०७८ मा हिमाली कृषि सहकारी संस्थामा आवद्ध किसानले दुई रोपनी जग्गामा अतिसका बिरुवा रोपेका थिए । बजारमा अतिस, खिरौला र बिसजराको माग उच्च छ । समुद्री सतहदेखि तीन हजार दुई सयदेखि तीन हजार सात सय मिटरको भूगोलमा हुने अतिस कफ, पित्त थैली, ज्वरो, वान्ता हुने, पखला लाग्ने, चिसो लागेको समस्या समाधानका लागि प्रयोग हुन्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.