• बुधबार , कार्तिक ७, २०८१

सयपत्री फूलमा आत्मिनर्भर बनाउन व्यवसायिक खेती…

BySANU

Sep 4, 2023

तनहुँ, १८ भदौ । म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूल खेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन्  विदेशबाट आएको पुष्प आयतलाई प्रतिस्थापन गरी गाउँपािलकालाई पुष्पमा आत्मिनभर बनाउन यस किसिमको कदम चालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले बताए । त्यसैगरी म्याग्देमा ७५ प्रतिशत अनुदान सहयोगमा म्याग्दे–५ मालेबगरका सुमन पौडेलले चार हजार सयपत्री फूलका बिरुवा लगाएकाछन् । पुष्पखेती विकास कार्यक्रमअन्तरगत गाउँपालिकाले सयपत्री फूलखेती गर्ने किसानलाई अनुदान दिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । सानो लगानीमा राम्रो आम्दानी गर्न मिल्ने भएपछि यहाँका किसान पुष्पखेती तर्फ आकर्षित भएको पाइन्छ । जिल्लाको शुक्लागण्डकी, भीमाद, म्याग्दे, आँबुखैरेनी, बन्दीपुर गाउँपालिकालगायतका विभिन्न स्थानमा पुष्पखेती गरिँदै आएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.