• बुधबार , कार्तिक ७, २०८१

१३ करोडको लागतमा चिया अनुसन्धान केन्द्र…

BySANU

Sep 6, 2023

फिक्कल, २० भदौ । इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्माण गरिएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको सम्झौता भएको थियो । सडक कालोपत्रसहितको काम बाँकी रहेको छ । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले आर्थिक वर्ष २०८०/८१ मै अनुसन्धान केन्द्र सञ्चालनमा आउने जानकारी दिए । उनले भने, बाँकी रहेका काम सम्पन्न गर्नासाथ केन्द्र सञ्चालनमा आउँछ । नगरप्रमुख रणबहादुर राईले भने, चियाको स्वाद चाख्न आउने चिया पारखी र चियाको अनुसन्धान गर्न आउनेका लागि ठाउँ तयार भएको छ । केन्द्र निर्माणले नगरको आन्तरिक आम्दानीसमेत बढ्ने उनले बताए ।  अनुसन्धान गर्न आउनेका लागि चियासम्बन्धी सबै जानकारी उक्त अनुसन्धान केन्द्रमा राखिनेछ । सूर्योदय नगरपालिकाको अधिकांश भूभाग चियाले ढाकेको छ । कोशी प्रदेशको पर्यटकीय नगरी सूर्योदयका अधिकांश नागरिक चिया खेतीमा आवद्ध छन् । 

Spread the love

Leave a Reply

Your email address will not be published.