• बुधबार , कार्तिक ७, २०८१

धान, मकै र गहुँको उत्पादकत्व वृद्धि…

BySANU

Sep 8, 2023

गण्डकी, २२ भदौ । गण्डकी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव ४३, मकैमा दश दशमलव २२ र गहुँमा सात दशमलव ९२ प्रतिशतले उत्पादकत्व बढेको छ । आव २०७७/७८ मा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भएकामा आव २०७८/७९ मा बढेर ३.६२ मेट्रिक टन पुगेको हो । आव २०७७ र ७८ मा प्रतिहेक्टर २.७४ मेट्रिक टन मकै उत्पादन भएकामा पछिल्लो वर्ष ३.२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । पछिल्ला दुई आवमा गहुँको उत्पादकत्व पनि बढेर प्रतिहेक्टरमा २.४ बाट २.५९ मेट्रिक टन पुगेको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मकैको उत्पादकत्व वृद्धि भएको पाइएको छ । नेपालको १५औँ योजनाले भने धानमा प्रतिहेक्टर ४.५, मकैमा ४ र गहुँमा ३.५ मेट्रिक टन उत्पादनको लक्ष्य तोकेको छ । गण्डकीमा खाद्यान्न बालीको उत्पादकत्व वृद्धिमा लक्ष्य उन्मुख रहेको रेग्मीले बताए । उन्नत जात, बिउबीजन, मलको उपलब्धता, प्रविधिक सहजतालगायत कारणले उत्पादकत्व वृद्धिमा मद्दत पुर्याइरहेको हुन्छ, उनले भने, किसानलाई सीप र स्रोतसाधन दिन सकियो भने खेतीको उत्पादकत्व बर्सेनि बढ्दै जान्छ । कृषिमा प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्छ । किसानलाई समयमै मल, बिउबीजन उपलब्ध गराउने, तालिमका साथै सीप र प्रविधि पनि हस्तान्तरण गर्नुपर्ने प्रमुख कडरियाले धारणा राखे । खेतीयोग्य जमिनमा जथाभावी घरघडेरी बनाउने प्रवृत्तिलाई रोक्नुपर्नेमा उनले जोड दिए । खेती गर्ने जग्गा खुम्चदैँ गएको छ, कतै जग्गा बाँझा छन्, उनले भने, उत्पादकत्व र उत्पादन नबढाएसम्म कृषिको व्यवसायीकरण सम्भव छैन । नेपालको १५औँ योजनाले पनि आलुमा प्रतिहेक्टर १९.१ मेट्रिक टनको लक्ष्य तोकेको छ । उत्पादकत्व बढे पनि खाद्यान्न बालीको उत्पादन भने घट्दै गएको महाशाखा प्रमुख कडरियाले बताए । उनका अनुसार खेतीको क्षेत्रफल घट्दै जाँदा उत्पादन घटेको हो ।

Spread the love

Leave a Reply

Your email address will not be published.