• बुधबार , कार्तिक ७, २०८१

पश्चिम म्याग्दीमा भने फस्टाउँदै लोप हुँदै गएको कोदो…

BySANU

Sep 15, 2023
vKt8sf] tf]/L af/L aemfª, @% c;f]h M klZrd g]kfnsf] aemfª lhNnfdf kg]{ vKt8 5fGgf ufpFkflnsf, d]nt8L ufpF n6/Dd kmn]sf] sf]bf] . oxfFsf] clwsf+; ls;fgn] af/Ldf sf]bf] nufpg] ul/G5 . t:jL/ M /Tg >]i7÷ /f;;

गलेश्वर , २९ भदौ । दुई वर्ष अघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट लगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । मालिका गाउँपालिका–६ मा पर्ने उपल्लो दरबाङ, दिच्याम गाउँमा जताततै कोदो लगाइएको छ । यहाँका स्थानीयले यस वर्ष दुई सय मुरी भन्दा बढी कोदो उत्पादन गर्ने लक्ष्य लिएका स्थानीय रणबहादुर सिउथानीले बताए । उत्पादित कोदो बिक्री गर्नुका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर यहाँका किसानको योजना छ । कुनै समयको महत्वपूर्ण खाद्यान्न बाली कोदो अहिले सहरी क्षेत्रका बालबालिकाका लागि मात्रै होइन ग्रामीण क्षेत्रका वयस्कका लागि दुर्लभ खाद्यवस्तु बन्दै गएको अवस्थामा यहाँका बासिन्दाले यसको व्यावसायिक खेती गरेर रैथाने बालीकोसमेत संरक्षणमा लागेको मालिका गाउँपालिका–५ देविस्थानका कृषक जगबहादुर विकले बताए । एक दशक अघिसम्म १० मुरी कोदो उत्पादन हुने बारीमा अहिले वनमारा फैलिएको छ । बेनी नगरपालिका– २ का ८९ वर्षीय बेदप्रसाद शर्माले भन्नुभयो । उहाँका अनुसार कोदो लगाउने जग्गा बाँझै पल्टिएको छ । कोदोको खेती गर्ने चलन कम हुँदै गएपछि उत्पादन पनि ह्वात्तै घटेको छ । कोदोको उत्पादन घटेसँगै यसको उपभोग पनि गाउँघरतिर कम हुँदै गएको स्थानीयवासीले बताएका छन् । भएको कोदो पनि रक्सी पार्न ९घरेलु मदिरा उत्पादन गर्नका लागि प्रयोग हुन थालेपछि रोटी, ढिँडो र पिठो बनाएर खाने चलन हराउँदै गएको बेनी नगरपालिका–२ खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए ।  चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा कोदोको प्रयोग गर्नु राम्रो हुने बताएको छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.