• बुधबार , कार्तिक ७, २०८१

नेपाल भित्रियो १८ हजार मेट्रिक टन युरिया रोपाइँ सकिएपछि, अझै २० हजार टन डीएपी आउँदै…

Byashesh

Aug 8, 2022

काठमाडौँ, २३ साउन । हालसम्म देशभर करिब ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । धान रोपाई हुने खेतहरुमा रोपाई अन्तिम चरणमा पुगेको कृषि विभागले जनाएको छ । प्रदेश नम्बर १ मा ८८ प्रतिशत र मधेस प्रदेशमा मधेश प्रदेशमा ८९ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९६ प्रतिशत, लुम्बिनी प्रदेशमा ८५ प्रतिशत, कर्णाली प्रदेशमा ७८ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सकिएको विभागका सूचना अधिकारी सुमा कार्कीले जानकारी दिइन् । हाल कृषि सामग्री कम्पनीले झन्डै १८ हजार टन युरिया मल ग्लोबल टेण्डरमार्फत खरिद गरि नेपाल भित्र्याएको जनाएको छ । हालसम्म ७ हजार ६५० टन युरिया मल बिराटनगर र १० हजार टन युरिया मल कम्पनीको बीरगन्ज गोदाममा भित्रिएको कम्पनीका निमित्त प्रवन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाश कुमार सन्जेलका अनुसार धान रोपाइँको समयमा जीटुजीबाट मल ल्याउन नसकिए पनि गहुँ र तरकारीका लागि आउने बताउँछन् । मल किन आएन भन्ने बारेमा मन्त्रालयका कुनै पनि स्पष्ट जवाफ दिन सक्दैनन् । सम्झौताअनुसार पहिलो लर्टमा १ लाख ५० हजार मेट्रिक टन मल नेपाल आयात हुनुपर्ने हो । तर नेपाली चालु आर्थिक वर्ष सकिदासम्म मल आयात भएको छैन । प्रतिवेदमा उल्लेख भएअनुसार आर्थिक वर्ष २०७७/०७८ मा चार लाख ६५ हजार मेट्रिक टन रासायनिक मल खरिदको लागि १६ ठेक्का व्यवस्थापन भएकोमा एक लाख मेट्रिक टन ठेक्का रद्द भएको छ। ६० हजार मेट्रिक टन मल आपूर्ति सम्बन्धीमा मुद्दा अदालतमा विचाराधिन छ। 

Spread the love

Leave a Reply

Your email address will not be published.