• बुधबार , कार्तिक ७, २०८१

यस वर्ष धान उत्पादन घट्ने, देशभरको रोपाइँ ९८ प्रतिशत…

Byashesh

Aug 9, 2022

काठमाडौँ, २४ साउन । हाल  देशभर ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँमा कमी आएको छ । २ देखि ३ प्रतिशतका हाराहारीमा गत वर्ष भन्दा  कम रोपाइ हुने देखिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ । मन्त्रालयका सूचना अधिकारी प्रकाश कुमार सन्जेलका अनुसार २३ गते सम्म ९८ प्रतिशत रोपाइ सम्पन्न भएको छ । प्रदेश नम्बर १ मा ९३.५ प्रतिशत, मधेश प्रदेशमा ८९ प्रतिशत, बागमती प्रदेशमा ९३ प्रतिशत, गण्डकी प्रदेशमा ९६ प्रतिशत, लुम्बिनी प्रदेशमा ९० प्रतिशत, कर्णाली प्रदेशमा ९६ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ९९.२ प्रतिशत रोपाइँ सकिएको  छ ।  ढिलो रोपाइका कारण उत्पादनमा कस्तो  असर गर्छ भन्ने सम्बन्धमा मन्त्रालयले सूक्ष्म विश्लेषण गरिरहेको पनि उनले जानकारी दिए । 

Spread the love

Leave a Reply

Your email address will not be published.