• बुधबार , कार्तिक ७, २०८१

कृषिमा प्रयोग हुने सामान्य उपकरणमा पनि विदेशकै भर, बाहिरिन्छ वार्षिक अरबौँ…

Byashesh

Aug 21, 2022

काठमाडौँ, ५ भदौ । कृषि प्रधान देश नेपालमा हालसम्म एउटा पनि कृषि औजार उत्पादन गर्ने कारखाना सञ्चालनमा छैन । भएको एउटा कारखाना पनि धुलामय र कामै नलाग्ने गरी जीर्ण अवस्थामा छ ।  सोभियत सङ्घको आर्थिक तथा प्राविधिक सहयोग तथा नेपाल सरकारको संयुक्त लगानीमा राजा महेन्द्रले वि.स २०२४ सालमा कृषिका लागि आवश्यक पर्ने औजारहरू उत्पादन गर्न पर्साको वीरगन्ज नगरपालिकामा कृषि औजार कारखाना खोलेका थिए । यो नै नेपालको एक मात्र कृषि औजार उत्पादन गर्ने कारखाना हो । तर विडम्बना! कृषि औजारले भरिनुपर्ने कारखाना लामो समयदेखि धुलो र माकुराको जालोले भरिएको छ । २०५९ सालदेखि बन्द रहेको कारखाना संरक्षण र सदुपयोग भइरहेको छैन । अरू देशमा कृषि यन्त्र वा मेशिनकै सहायताले कृषिको क्षेत्रको विकास कहाँ देखि कहाँ पुगी सकेको छ तर नेपालमा भने अझै पनि एउटा कृषि औजार उत्पादन गर्ने कारखाना समेत खोल्न सकिएको छैन भने कृषि क्षेत्रमा लागेकाहरूलाई माटो र भूगोल सुहाउँदो कृषि यन्त्रको उपलब्धताको बारेमा सहज र यथेष्ट जानकारी नहुनुले पनि नेपालमा कृषि कर्ममा यान्त्रिकीकरणको अवस्था दयनीय छ । कृषिमा यान्त्रिकीकरण गर्न सकेमा मानिस वा पशुवस्तुहरु प्रयोग गरी गर्ने सबैजसो कामहरू साधारण औजार, यन्त्र वा उपकरण देखि लिएर अत्यन्तै आधुनिक मेशिन र प्रविधिहरूको प्रयोगबाट विना कुनै कष्ट, छिटो, कम लागतमा र पूर्ण गुणस्तरका साथ गर्न सकिन्छ । 

Spread the love

Leave a Reply

Your email address will not be published.