• बुधबार , कार्तिक ७, २०८१

किसानलाई दिइने सबै सेवा सुविधा अब ‘डिजिटलाइज’ हुने…

Byashesh

Aug 27, 2022

काठमाडौँ, ११ भदौ । कृषि तथा पशुपक्षी विकास मन्त्रत्रालयका सचिव डा. गोबिन्द प्रसाद शर्माले किसानलाई दिइने सबै सेवा सुविधा अव डिजिटलाइज हुने बताएका छन् । शुक्रबार ‘कृषि कर्जा प्रवाहमा आगामी कार्यदिशा विषयक छलफल’ कार्यक्रममा बोल्दै सचिव शर्माले सरकारबाट किसानलाई दिइने सबै सेवा सुविधा डिजिटलाइज गर्न लागेको बताएका हुन् । उनले भने, ‘किसानले पाउने सेवा सुविधा वास्तविक किसानले पाएनन् भनेर धेरै आलोचना हुने गरेको छ । अब डिजिटलाइज गरेपछि कुन किसानले कहाँबाट कस्तो सेवा सुविधा पाइरहेका छन् भनेर सफ्टवेयरको माध्यमाबाट थाहा हुन्छ र उसले सेवा सुविधा दुरुपयोग गर्न सक्दैन ।’ यस्तै कार्यक्रममा उपस्थित विभिन्न बैँकका प्रतिनिधिहरूले कृषि क्षेत्रमा कर्जा महत्त्वपूर्ण रहेको बताएका छन् । पछिल्लो समय बैङ्कहरूले कृषिमा लगानी बढाइरहे पनि प्रभावकारी नभएको गुनासो बढेको भन्दै त्यसको अध्ययन गर्न सरकारसँग माग पनि गरेका छन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.