• बुधबार , कार्तिक ७, २०८१

बीउमा परनिर्भर बन्दै देश : ८६ करोड तरकारीको बीउ आयात हुँदा धानको १ अर्ब १७ करोड…

Byashesh

Aug 30, 2022

काठमाडौँ, १४ भदौ । देशमा बीउको माग निकै भए पनि उत्पादनमा कमी हुँदा किसान विदेशी बीउ किन्न बाध्य छन् ।  आर्थिक वर्ष २०७८/७९ मा ८६ करोड ४६ लाखको तरकारीको बीउ आयात भएको छ । उक्त समयमा २ लाख ४६ हजार २ सय ७३ केजी तरकारीको बीउ आयात भएको हो । त्यसै गरी एक वर्षमा नै २० करोड १९ लाखको १ हजार १ सय ४४ केजी काँक्राको बीउ, ५ करोड ४२ लाखको ४ हजार ५ सय ८ केजी गाजरको बीउ आयात हुँदा २ करोड ७१ लाख बराबरको १६ हजार १ सय ७५ केजी प्याजको बीउ, १ करोड ७ लाख बराबरको ९ सय ५० केजी इस्कुसको बीउ आयात भएको बीउ बिजन गुणस्तर केन्द्रले जनाएको छ । यता धान र मकैको बीउ आयातको कुरा गर्दा आर्थिक वर्ष २०७८/७९ मा ६७ करोड ८६ लाखको १९ लाख ३७ हजार २ सय १६ केजी मकैको बीउ आयात भएको छ । मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेको छ । नेपालमा वार्षिक ४५ हजार मेट्रिक टन वर्णसंकर जात धानको बीउ आवश्यक पर्छ । तर, त्यसका करिब ९१ प्रतिशत आयात गर्नुपर्ने अवस्था छ । नेपालमा भारत, चीन, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, अमेरिका, इटाली, फ्रान्स, डेनमार्क लगायतका देशबाट बीउ झिकाइन्छ। त्यसमा भारतीय बीउको ८५ प्रतिशत हिस्सा छ।

Spread the love

Leave a Reply

Your email address will not be published.