• बुधबार , कार्तिक ७, २०८१

दूधको मूल्य प्रतिलिटर १० देखि १६ रुपैयाँसम्मले बढ्यो…

Byashesh

Mar 17, 2023

काठमाडौँ, ३ चैत । दुग्ध विकास संस्थान (डीडीसी) ले दूधको मूल्यमा प्रतिलिटर न्यूनतम् १० रुपैयाँदेखि अधिकतम् १६ रुपैयाँसम्म बढाएको छ ।संस्थानको बुधबार बसेको सञ्चालक समिति बैठकले दूधको मूल्य बढाउने निर्णय गरेसँगै बढेको मूल्यअनुसारको दूध बिहीबारबाटै बजारमा पठाइएको छ । नयाँ मूल्यअनुसार निलो प्याकेटको दूध प्रतिलिटर ११ रुपैयाँले बढेर ९७ रुपैयाँ कायम भएको छ । काठमाडौँ उपत्यकामा अब आधा लिटरको एक पोका दूधको मूल्य ४३ रुपैयाँबाट बढेर ४८ रुपैयाँ ५० पैसा कायम भएको छ । यो मूल्य काठमाडौँ, विराटनगर, जनकपुर, हेटौंडा र वीरगञ्ज क्षेत्रमा लागू हुनेछ । नेपालगञ्ज र धनगढीमा स्ट्याण्डर्ड दूधको मूल्य प्रतिलिटर ९२ रुपैयाँ तोकिएको छ भने लुम्बिनी प्रदेशमा प्रतिलिटर ९४ रुपैयाँ कायम भएको छ । ४० रुपैयाँमा पाइने आधा प्याकेट लो–फ्याट दूधको मूल्य ४५ रुपैयाँ पुर्‍याइएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.