• बुधबार , कार्तिक ७, २०८१

म्याग्दीमा लालीगुराँस निख्रियो चैतमै…

Byashesh

Apr 11, 2023

गलेश्वर, २८ चैत । चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा उक्लिएर नजर लगाउँदा राताम्यै फुलेका लालीगुराँस देखिनुपर्ने हो यतिबेला । लालीगुराँस फुल्ने समय वसन्त ऋतु अर्थात् चैत–वैशाख हो लालीगुराँस फुलेर राताम्यै देखिनुपर्ने यहाँका वन जङ्लमा यतिबेला लालीगुराँस कमै मात्र देख्न पाइन्छ । चैत वैशाखमा फुल्ने लालीगुराँस पुस अन्तिम सातादेखि नै फुलेपछि फुल्नुपर्ने समयमा ओइलिएर झरेका छन् । आइतबार लालीगुराँस र हिमालको दृश्यावलोकनका लागि बेलढुङ्गामा पुगेका अध्यक्ष बानियाँसहित आन्तरिक पर्यटक लालीगुराँसकै जङ्गलमा पुगेर पनि गुराँस फुलेको देख्न नपाउँदा खिन्न हुँदै फर्केका थिए । जलवायु परिवर्तनका कारण मौसममा फेरबदल हुने, वर्षाको समयमा नियमित वर्षा नहुने, मौसमी फलफूल तथा तरकारी उत्पादनमा फेरबदल हुने, हिउ पग्लने, अतिवृष्टि, अनावृष्टि, हुरीबतास हुनेजस्ता असर देखापरेका मिलन म्याग्दी नामक गैरसरकारी संस्थाका पूर्वअध्यक्ष शिव वानियाँले बताए । हाल पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड, नाइट्रोजन, मिथेनजस्ता ग्यासको मात्रा दिनप्रतिदिन बढ्दै गइरहेकाले वायुमण्डलमा असन्तुलन भई हतिरगृह ग्यास बढेर जलवायु परिवर्तन हुनेगर्छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.