• बुधबार , कार्तिक ७, २०८१

लम्पी स्किन रोग…

BySANU

May 20, 2023

काठमाडौँ, ६ जेठ ।  देशभर फैलिएको लम्पी स्किन रोग गाईभैँसीमा देखा पर्न थालेपछि पशुचौपायाहरू मर्न थालेका हुन् । पशु चिकित्सक डा. लोकेन्द्र न्यौपानेका अनुसार यस रोगले पछिल्लो समय महामारीको रूप लिइरहेको छ । रोगको प्रकोप देशका सातै प्रदेशमा पुगे पनि कति सङ्ख्यामा गाईभैँसी मरेका छन् भन्नेबारे ठ्याक्कै तथ्याङ्क आइसकेको छैन । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डा. नरेशप्रसाद जोशीका अनुसार सुदूरपश्चिममा लम्की स्किन रोगका कारण ठूलो सङ्ख्यामा गाईभैँसीहरू प्रभावित भएका छन् । यस्तै, रोगका कारण बागमती प्रदेशका १३ जिल्लाका घरपालुवा पशुचौपायामा प्रभावित भएका छन् । प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार बागमतीमा हालसम्म १८ हजार ३ सय २४ गाईमा सङ्क्रमण देखिएको छ । रोगका कारण २ सय ६० गाईको मृत्यु भएको तथ्याङ्क छ । यस रोगबाट पशुमा हुने मृत्युदर कम छ । रोगको सङ्क्रमणबाट मृत्युदर करिब ५ प्रतिशत मात्र रहेको छ । तर  रोगका कारण दुहुना पशुहरूको दूध उत्पादनमा भने उल्लेख्य ह्रास आउने पशु चिकित्सकहरू बताउँछन् ।

Spread the love

Leave a Reply

Your email address will not be published.