• बुधबार , कार्तिक ७, २०८१

किसानले मोटा धानको मूल्य ३ हजार १ सय ९८ रुपैयाँ पाउने…

BySANU

Jul 16, 2023

काठमाडौं, ३१ असार । सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टलमा ३ सय ३० रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ सय ३४ रुपैयाँले बढाएर नयाँ मूल्य तोकिएको हो । मन्त्रिपरिषद् बैठकले धानको न्यूनतम समर्थन मूल्य तोकेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र र उद्योग मन्त्रालयको सिफारिसमा सरकारले मोटा धानको मूल्य ३ हजार १ सय ९८ र मध्यम धानको मूल्य ३ हजार ३ सय ६२ रुपैयाँ तोकेको हो । सरकारले गत वर्ष मोटा धान प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १ सय २८ रुपैयाँ तोकिएको थियो ।

Spread the love

Leave a Reply

Your email address will not be published.