• बुधबार , कार्तिक ७, २०८१

कागतीको बजार खोजी गर्दै…

BySANU

Aug 9, 2023

दमौली, २४ साउन । तनहुँ जिल्लामा उत्पादित कागतीको बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले पहल थालेको छ । कागती बिक्री नहुँदा कृषक समस्यामा परेपछि ज्ञान केन्द्रले बजारको खोजीमा सहजीकरण गरेको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले आफ्नो नेतृत्वमा कालिमाटी तरकारी तथा फलफूल बजार समितिका कार्यकारी निर्देशक र कागतीका मुख्य व्यवसायीसँग यसबारेमा छलफल गरेको जानकारी दिए । कागतीका मुख्य व्यवसायी शर्माका अनुसार कालिमाटी तरकारी बजारमा किसानले कागती बिक्री गर्दा प्रतिकिलो रु एक सय देखि रु एक सय २० प्राप्त गर्न सक्नेछन् । उनका अनुसार टिपेको चार-पाँच दिनसम्म ल्याउँदा मूल्य राम्रो पाउने र त्यसपछि ल्याएको कागतीको गुणस्तर कम हुने भएकाले मूल्यमा समस्या हुने गरेको छ । पाँच वर्ष अगाडिदेखि कागतीखेती सुरु गरेका ठकुरीले पछिल्ला दुई वर्षयता कागती बिक्री गर्न थालेका छन् । गत वर्ष पहिलोपटक रु ७० हजारको कागती बिक्री भएको उनले बताए । यो वर्ष सात सय केजी बिक्रीका लागि तयार भएका छन् । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा कागतीखेतीतर्फ कृषकको आकर्षण बढेको छ । केन्द्रले कागतीखेती कृषकलाई बगैँचासम्म पुगेर आवश्यक परामर्श दिने गरेको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.