• बुधबार , कार्तिक ७, २०८१

‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट २४ करोडको क्षति…

BySANU

Aug 14, 2023

गण्डकी, २९ साउन । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । महाशाखा प्रमुख डा गृष्म न्यौपानेले भने, भाइरसजन्य यो रोगको सङ्क्रमण दर र मृत्युदर दुवै उच्च छ । २२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा बङ्गुर मरे, करिब रु  २४ करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएका बङ्गुर फार्मलाई ४५ दिनसम्म खाली गराई निसङ्क्रमण गरेरमात्र किसानले बङ्गुर पाल्न सुरु गरेको डा न्यौपानेले बताए । उनका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङलगायत जिल्लाका बङ्गुर फार्ममा बढी देखिएको थियो । डा न्यौपानेले अन्तर्राष्ट्रिय सीमा नाकामा पशु क्वोन्टिन र चेकजाँचस्थल व्यवस्थित नहुँदा यस्ता रोगहरु भित्रने गरेको बताए । उनले सरकारले खुला सिमाना भएको भारतसँगका नाकामा विशेष निगरानी गर्नुपर्ने उल्लेख गरे । अन्तरप्रदेश नाकामा पनि पशु क्वोन्टिन राख्नुपर्ने उनले बताए । मासुको उत्पादनमा पनि आठ दसमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८ र ७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको जनाइएको छ ।

Spread the love

Leave a Reply

Your email address will not be published.